भारतीय कम्पनी युनाइटेड एकताको नयाँ उत्पादन ‘जन्तो’ नेपाली बजारमा – Nepal Press

भारतीय कम्पनी युनाइटेड एकताको नयाँ उत्पादन ‘जन्तो’ नेपाली बजारमा

काठमाडौं । भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले आफ्नो नयाँ उत्पादन ‘जन्तो’ नेपाली बजारमा उपलब्ध भएको घोषणा गरेको छ ।

प्रालिले शनिबार एक कार्यक्रम गरी ‘जन्तो’का चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनर वेयर जस्ता विभिन्न आधुनिक घरेलु उत्पादनहरु नेपाली बजारमा उपलब्ध भएको घोषणा गरेको हो । कार्यक्रममा युनाइटेड र युकुक व्राण्डका विभिन्न सामग्रीहरु प्रदर्शन पनि गरिएको थियो ।

नेपाली भान्सामा जन्तोका उत्पादनहरुले उच्च स्थान पाउने कम्पनीले विश्वास लिएको छ । यी उत्पादनले भान्साका कामलाई सहज र अत्याधुनिक तवरबाट गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफले जानकारी दिए ।

कार्यक्रममा डिलरहरुलाई सम्मान तथा रिटेलरहरुलाई चाडवाडको अवसरमा सप्र्राइज कोसेलीको पनि व्यवस्था गरिएको थियो ।

नेपालको लागि आधिकारिक एकल वितरक रेसुङ्गा इन्टरकन्टिनेन्टल प्रालिको माध्यमबाट विभिन्न डिलर र रिटेल पसलहरुमार्फत जन्तोका उत्पादनहरु बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

वर्षौंदेखि भारत, क्यानडा, युके, मरिसस, फ्रान्स आदि देशहरुमा रहेका उपभोक्ताहरूले युनाइटेड एकता इन्जिनियरिङ प्रालिलाई विश्वास गर्दै युनाइटेड, युकुक र हाल जन्तो व्राण्डका उत्पादनहरु रुचाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *