दरबारमार्गमा नयाँ स्वरुपमा फर्कियो केएफसी (भिडियो)
काठमाडौं । देवयानी इन्टरनेशनल (नेपाल) प्रालिले दरवारमार्गमा सञ्चालन गरेको केएफसी नयाँ रुपमा फर्किएको छ । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको हो ।
दरबारमार्गमा खुलेको शाखा नेपालमा केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गमा स्टोर सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो ।
यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन-नो बोन) को उत्पादन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरुको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरुसमक्ष पुर्याउने निर्णय केएफसीले गरेको छ ।
केएफसीका नेपाल कन्ट्री म्यानेजर विजय शर्माले भने, ‘केएफसी दरबारमार्ग स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सीट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरुलाई स्मरणीय भोजन अनुभव दिनेछ । ग्राहकहरुको अनुभवलाई अभिवृद्धि गर्न छिट्टै दरबारमार्ग स्टोरमा स्वचालित रुपमा खानेकुरा अर्डर गर्न सकिने सेल्फ अर्डरिङ कियोस्क मेसिन जडान गरिनेछ । केएफसीलाई आधुनिक तथा रमणीय वतावारण बनाउन करिब १ करोड खर्च भएको छ ।’
केएफसीका चिफ फाइनान्स अफिसर रितुराज शाहले भने, ‘आउँदो चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयाँमा डबल डाउन बर्गरको अफर ल्याएको छ । ग्राहकहरुलाई अकाट्य स्वादको मज्जा लिने अवसर प्रदान गर्न लोकप्रिय प्रडक्ट आएको छ ।’
केएफसी ग्राहकमैत्री भएर नयाँ रुपमा फर्किएको केएफसीका सेल्स एन्ड मार्केटिङ नीति बस्नेतले बताइन् ।