बागमती प्रदेश अधिवेशनका लागि दोलखाबाट एमालेका प्रतिनिधि सर्वसम्मत, अध्यक्षमा रचनाको दाबी (सूचीसहित)
दोलखा । असोज ८ र ९ गते काठमाडौँमा हुने नेकपा एमाले बागमती प्रदेश अधिवेशनका लागि नेकपा एमाले दोलखा जिल्लाले सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ ।
दोलखाका सबै नगरपालिका र गाउँपालिकाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएको नेकपा एमाले जिल्ला सम्मेलन आयोजक समिति दोलखाका सह–संयोजक राजेन्द्र मानन्धरले जानकारी दिए ।
प्रत्येक संसदीय निर्वाचनमा चुनाव जित्दै आएको दोलखामा नेकपा एमालेले गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भने पराजय भोगेको थियो । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा मध्ये एउटा प्रदेशमा मात्रै एमालेले जित हासिल गरेको थियो ।
पार्टीलाई मजबुत र एक ढिक्का बनाउनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गर्न सफल भएको सहसंयोजक मानन्धरले बताए ।
केन्द्रीय नेताहरू बिचको विवाद, गुटबन्दी माथिल्लो नेताहरूको इगो लगायतका कारणले चुनावमा पराजय भएपछि गुटबन्दी अन्त्य र पार्टीलाई एकताबद्ध बनाउनका लागि केन्द्रीय इन्चार्ज र प्रदेश इन्चार्जहरूको समन्वयमा दोलखाका सबै पालिकाबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएको एमाले दोलखाले जानकारी दिएको छ ।
दोलखामा अहिले इञ्चार्जको रूपमा कमल चौलागई र प्रदेश ‘क’ मा सरस्वती बस्नेत र प्रदेश ‘ख’ मा रचना खडका इन्चार्ज रहेका छन् । प्रदेश अधिवेशनमा रचना खडका यो पटक अध्यक्षको आकंक्षी समेत रहेकी छन् । यद्यपि खड्का दोलखाबाट प्रतिनिधि छनोटमा सहभागी भएकी छैनन् । उनले अध्यक्षको उम्मेदवार बन्नुपर्ने अवस्थामा प्रदेश कमिटीबाट प्रतिनिधि मनोनीत हुनुपर्नेछ ।
प्रदेश कमिटीको पदाधिकारीमा ईश्वर चन्द्र पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन् ।
सरसल्लाहमा कुनै पदमा उम्मेदवारी दिने पूर्व जिल्ला कमिटी अध्यक्ष तथा हालका प्रदेश कमिटी जिल्ला इन्चार्ज पोखरेलले बताए ।
एमाले दोलखाले जिल्ला अधिवेशनका लागि नरबहादुर श्रेष्ठ संयोजक र राजेन्द्र मानन्धर सहसंयोजक रहेको १८३ कमिटी जिल्ला सम्मेलन आयोजक समिति समेत गठन गरिसकेको छ ।
यी हुन दोलखाबाट छनोट भएका प्रतिनिधिहरू
गौरी शंकर गाउँपालिका
उर्मिला थामी
जंग गुरुङ
तीर्थ बहादुर खड्का
महाराज गुरुङ
निमा लामा
शंख निमा शेर्पा
जिरी नगर पालिका
मित्र बहादुर जिरेल
लक्ष्मण गुभाजु
गोपाल जिरेल
टंक बहादुर जिरेल
महिला
मनमाया जिरेल
तामाकोशी गाउँपालिका
ईश्वरचन्द्र पोखरेल
वसन्त राज कार्की
देवी शर्मा
सुन्दर कार्की
महिला :
उर्मिला खड्का
मेलुङ गाउँपालिका
नर बहादुर श्रेष्ठ
धर्मेन्द्र मोक्तान
शिव हरी थापा
अम्बीका गोले
दान बहादुर तामाङ
नवराज खड्का
महिला:
सविना आचार्य
सविता खरेल उप्रेती
शोभा पोखरेल
शैलुङ गाउँपालिका
गुण बहादुर बुढाथोकी
गणेश कार्की
भरत प्रसाद दुलाल
साङ लाल घिसिङ
भिमेश्वर नगरपालिका
भरत बहादुर केसी
भुवन केसी
राजेन्द्र मानन्धर
मुरारी राज सिवाकोटी
ज्ञानेन्द्र प्रधान
हरिवंश चौलागाईं
महिला:
डा. जानुका न्यौपाने
मेनुका सुवेदी
पूर्णिमा खरेल
कालिन्चोक गाउँपालिका
डवल पाण्डे
बालकृष्ण सिवाकोटी
सन्तोष खडका
बिन कुमार थामी
होम पाठक
महिला:
कालिका पाठक
वैतेश्वर गाउँपालिका
हर्क मान पाख्रिन
केशव चौलागाईं
श्याम उप्रेती
उमेश आचार्य
महिला:
प्रेम कुमारी चौलागाईं
शान्ति कुमारी तामाङ
विगु गाउँपालिका
कृष्ण भुजेल
ठुला थामी
कुमार खड्का
महिला:
शारदा राना
दलित समुदाय
टेक बहादुर सुनार
सुन्दर लामीछाने
युवराज वि क
भिमसेन नेपाली
लोक बहादुर नेपाली
विशाल वि क
सुमन सोनाम
ईश्वर नेपाली
महिला:
जानुका गहतराज
तारा नेपाली