भिस्ताराको उडान अब काठमाडौं-दिल्ली-हङकङ पनि – Nepal Press

भिस्ताराको उडान अब काठमाडौं-दिल्ली-हङकङ पनि

काठमाडौं । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएको छ ।

भिस्ताराले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्ने भएका हो ।

उडानका लागि भिस्ताराले ए३२नेव एयरक्राफ्ट प्रयोग गर्नेछ । यात्रुमा सहभागी हुन चाहने यात्रुले मोबाइल एप्स, वेव साइट र ट्राभल एसेन्सिमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।

एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रसन्न अधिकारीले भिस्ताराले आगामी १५ कात्तिकदेखि काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको बताए ।

उनले भने, ‘यात्रुलाई सुरक्षित र आरामदायी हवाई यात्रा उपलब्ध गराउनु भिस्ताराको मूल लक्ष्य हो । यही लक्ष्य प्राप्त गर्न भिस्ताराले अब काठमाडौं–दिल्ली–हङकङ दुईतर्फी उडान सुरु गर्न लागेको छ ।

आगामी १५ कात्तिकदेखि भिस्ताराले यो सुविधा उपलब्ध गराउने छ । काठमाडौंबाट दिल्ली हुँदै हङकङ र हङकङबाट दिल्ली हुँदै काठमाडौं आउजाउ गर्न चाहने यात्रुका लागि यो सुविधा अवश्य पनि लाभकारी साबित हुनेछ ।’

भिस्ताराले हाल काठमाडौं–दिल्ली नियमित उडान भर्दै आएको छ । यात्रुका लागि भिस्ताराले २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । एयरलाइन्सले ‘स्पा’ सुविधा होटल सोल्टी र र्‍याडिशनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध गराउँदै आएको छ ।

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा नियमित उडान भर्दै आएको छ । एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *