रामेछापबाट सर्वसम्मत चुनिए एमालेका प्रदेश प्रतिनिधि, बागमतीको अध्यक्षमा कैलाश ढुंगेल बलिया दाबेदार – Nepal Press

रामेछापबाट सर्वसम्मत चुनिए एमालेका प्रदेश प्रतिनिधि, बागमतीको अध्यक्षमा कैलाश ढुंगेल बलिया दाबेदार

काठमाडौं । असोज ८ र ९ गते काठमाडौंमा हुने नेकपा एमाले बागमती प्रदेश अधिवेशनका लागि नेकपा एमाले रामेछापले सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ।

८ पालिका रहेको रामेछापमा एमालेले सर्वसम्मत प्रदेश अधिवेशनको लागि प्रतिनिधि चयन गरेको हो । एमालेले रामेछापले ८१ जना प्रतिनिधि पठाएको छ ।

खाँडादेवी गाउँपालिकाबाट सिफारिस भएका कैलाश ढुंगेल प्रदेश अध्यक्षको बलियो दाबेदार हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका ढुंगेलले २०३८ सालबाट कम्युनिष्ट पार्टीमा काम सुरू गरेका थिए । उनी २०४८ बाट लगातार तीन पटक पार्टी सचिव र २०६६ मा जिल्ला पार्टी अध्यक्ष भइसकेका छन् ।

२०५४ सालमा जिल्ला विकास समिति रामेछापको सभापति, २०७४ मा बागमती प्रदेशसभा सदस्यसमेत भएका बागमती प्रदेशको पहिलो आर्थिक मामिला मन्त्रीको अनुभव पनि उनीसँग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर