विद्युतीय प्रणालीबाट हुने कारोबार घट्दै, एक महिनामै ७ खर्ब घट्यो – Nepal Press

विद्युतीय प्रणालीबाट हुने कारोबार घट्दै, एक महिनामै ७ खर्ब घट्यो

काठमाडौं । नेपालीहरूको महासन चार्ड वडा दशैं नजिकिँदै गर्दा विद्युतीय माध्यमबाट हुने कारोबार कारोबार घट्दै गएको छ ।

चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो महिना (साउन) मा मात्रै ९ करोड ६१ लाख ६२ हजार ५६३ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४३ खर्ब ६२ अर्ब २४ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

जबकि गत महिना (असार) मा मात्रै ५० खर्ब ११ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार एक महिनामै ७ अर्ब रुपैयाँको हाराहारीमा विद्युतीय कारोबार रकम घटेको छ ।

गत आर्थिक वर्ष ०७९/०८० को पहिलो महिना (साउन) मा ७ करोड ३ लाख ९६ हजार ४१८ पटकको लेनदेनमा ५६ खर्ब ८८ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

सरकारले डिजिटल नेपालको अवधारणा अगाडी सार्दै गर्दा विद्युतीय माध्यमबाटै हुने कारोबार रकम घट्दै गएको छ ।

कुन माध्यमबाट कति कारोबार ?

विद्युतीय कारोबारका मध्याहरुमध्ये सबैभन्दा बढी आरटीजीएस प्रणालीबाट २८ खर्ब ६८ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको छ ।

आरटीनीएस प्रणालीमा ३ करोड १२ लाख ८१ हजार ५४६ पटकसम्म लेनदेन भएको छ ।

त्यस्तै, एटीएमबाट ५ खर्ब ५९ करोड १० लाख, इसीसीबाट ३ खर्ब ७७ अर्ब ४६ करोड, आइपीएसबाट २ खर्ब ४२ अर्ब ९१ करोड ५० लाख, कनेक्ट आइपीएसबाट १ खर्ब ३१ अर्ब ६ करोड, डेबिट कार्डबाट ८४ अर्ब ३० करोड ६० लाख, प्रिपेड कार्डबाट २९ अर्ब ९९ करोड कारोबार भएको थियो ।

यस्तै मोबाइल बैंकिङबाट १४ अर्ब ६४ करोड, शाखारहित बैकिङ्गबाट ४ अर्ब ५७ करोड, इन्टरनेट बैंकिङबाट २१ अर्ब ९१ करोड, वालेटमार्फत १ अर्ब ८० करोड ४० लाख भएको छ ।

त्यसैगरी, क्यूआरकोडमार्फत १ अर्ब ७७ करोड ३० लाख, पीओएसबाट ७२ करोड ४० लाख र सबैभन्दा कम इ–कमर्समार्फत ६९ हजार ५६८ पटकको लेनदेन हुँदा ५७ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर