माधव नेपालको चिन्ता- हामीलाई गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धन आफूहरूकै पहलमा बनाएको जिकिर गरे ।
उनले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर कमजोर पार्न र यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नको लागि जुनसुकै किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनुपर्छ । गठबन्धनलाई बलियो बनाउनुपर्छ । यो बनाउन हामीले नै भूमिका खेलेका हौं ।’
गठबन्धनभित्र भएका गल्ती र कमजोरीको आलोचना गरेर राम्रा काममा मिलेर अघि बढ्नुपर्ने उनले बताए । गठबन्धनभित्र एकता, संघर्ष र उन्नत किसिमको एकतासँगै लिएर अघि बढ्ने नेपालको भनाई छ ।