अध्यक्ष तिमिल्सिनासँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट (भिडिओ) – Nepal Press

अध्यक्ष तिमिल्सिनासँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट (भिडिओ)

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज सोमबार दिउँसो भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे । उनले धेरै नेपाली विद्यार्थीहरुको आकर्षक शैक्षिक गन्तव्यको रुपमा अष्ट्रेलिया पर्न थालेको बताउँदै नेपाली विद्यार्थीलाई दिईने छात्रवृत्तिको संख्या बढाउँदा त्यसबाट धेरै विद्यार्थीहरु लाभान्वित हुन सक्छन् भने ।

विद्यार्थीहरुसँगै विभिन्न पेशा र व्यवसायमा संलग्न ठूलो संख्यामा नेपालीहरु अष्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अष्टे«लिया र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने कुरामा जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरुमा अझ फराकिलो र गहिरो बन्दै गएकोमा खुशी पनि व्यक्त गरे ।

राजदूत भोल्कले अष्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी गरन् ।

राजदूत भोल्कले नेपाललाई अष्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टूबरमा अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर