शेयर बजार झिनाे अंकले बढ्दा कारोबार रकम भने ह्वात्तै घट्यो – Nepal Press

शेयर बजार झिनाे अंकले बढ्दा कारोबार रकम भने ह्वात्तै घट्यो

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार सामान्य अंकले वृद्धि भएको छ तर कारोबार रकम भने ह्वात्तै घटेको छ ।

साताको पहिलो दिन उच्च अंकले गिरावट भएको शेयर बजार आज सामान्य अंकले वृद्धि भएको हो । सोमबार नेप्से परिसूचक ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा २८ लाख ७४ हजार २७५ कित्ता सेयरको खरिदबिक्री हुँदा ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारका तुलनामा आज कारोबार रकम हवात्तै घटेको छ ।

इमर्जिङ नेपाल लिमिटेड, थ्रि स्टार हाइड्रोपावर र भुगोल इनर्जि डेभलपमेन्ट कम्पनीले सर्वाधिक नाफा कमाएका छन् भने सुभम पावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा रिलाइबल नेपाल लाईफ इन्स्योरेन्स ९ करोड ३८ लाख रुपैयाँको कारोबारका साथ सिर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर