राष्ट्र बैंकले करारमा माग्यो ३० जना कर्मचारी, यसरी दिन सकिन्छ आवेदन
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० जना कर्मचारी माग गरेको छ । करारमार्फत ३० जनालाई केन्द्रीय बैंकले पदपूर्ति गर्न लागेको हो । बैंकले सुरक्षा र टक्सार माहाशाखाका लागि ३० जना मागेको हो ।
राष्ट्र बैंकले रक्षक २ जना मागेको छ भने प्रदेशस्थित कार्यालयका लागि १० जना महिलासहित १ जना कर्मचारी माग गरेको हो । यस्तै, केन्द्रीय कार्यालयका लागि १ जना माग गरेको छ ।
टक्सार महाशाखाका लागि मेकानिकल इन्जिनियर (अधिकृत) १ जना, मेकानिकल ओभरसियर २ जना, जुनियर आस्सेयर १ जना, मूर्तिकला तथा चित्रकला १ जना इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर १ जना, मेकानिक ६ जना, प्रयोगशाला सहायक १ जना, पेन्टोग्राफ मेसिन अप्रेटर १ जना र चालक १ जना मागेको छ ।
परीक्षा दस्तुर ८ सयदेखि १ हजारसम्म रहेको छ । आवेदन दिनेहरु ४५ वर्षभन्दा कम हुनुपर्ने छ । बैंकले लिखित, प्रयोगात्मक र अन्तर्वार्ता लिने छ । १ सयभन्दा थोरै आवेदन परेमा प्रयोगात्मक र अन्तरवार्ता दुवै वा अन्तर्वार्ता मात्रै हुने छ ।