एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार – Nepal Press

एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) पार्टीको नाम फेर्न तयार भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले पार्टी कमिटीमा आन्तरिक सर्कुलर जारी गर्दै अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गर्नको लागि पार्टीको नाम परिवर्तन गर्न तयार भएको बताएका छन् ।

भदौं २५ गते पेरिसडाँडामा बसेको पदाधिकारी बैठकको निर्णय पार्टी कमिटीमा पठाइएको सर्कुलरमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का सांसदहरुलाई संसदको बैठक र विषयगत समितिका बैठकहरु प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिन समेत माओवादीले निर्णय गरेको छ ।

माओवादीले नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलहरुसँग एकताको प्रयास गरिरहेको छ । एकता प्रक्रियामा जान अन्य दलले नामलाई लिएर विमती जनाएपछि फेर्नेगरी अघि बढ्न लागेको हो ।

 


प्रतिक्रिया

One thought on “एकताको लागि आगामी महाधिवेशनबाट पार्टीको नाम फेर्न माओवादी केन्द्र तयार

  1. यो ‘माओवादी’ नाम जसरी प्रचन्ड (हरु) को लागि घाडो भएकोछ त्येसै गरी प्रचन्ड प्रब्रित्ती र प्रचन्डपथ देशको लागि घाडो मात्रा हैन साह्रै बिसालु काँडो भएको छ !!
    => सोच इमान्दार देशभक्त र प्रगती चाहने नेता कार्यकर्ता समर्थक शुभचिन्तक र भोटर्हरु सबै उखेलेर फ्याक्न त्येशलाई !!
    => देशको उन्नती नै रोकियो, बलिदान पानीमा बग्यो मुल्यहीन भयो यिनको मन्परी धुर्त र चतुरे हर्कतले !!
    => जोगाउ त्यो स्वाभिमान लाई उठ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर