तीजको दिन सैनामैनामा दुई मजदुर मृत भेटिए – Nepal Press

तीजको दिन सैनामैनामा दुई मजदुर मृत भेटिए

रूपन्देही । रुपन्देहीको सैनामैना -७ हरियालीटोलमा दुईजना पुरुषको शव फेला परेको छ । सोही ठाउँ बस्ने अन्दाजी ५०/५५ वर्षका नाथु चौधरी र पल्टु चौधरीको मृत अवस्थामा एकजना रिङरोड र अर्का खेतमा फेला परेका हुन् ।

आज बिहान घरबाट संगै निस्केका दुई चौधरीको एकैसाथ कसरी मृत्यु भयो त्यो रहस्यको विषय बनेको छ । घटनाको प्रारम्भिक रुपमा रुपन्देही प्रहरीले अनुसन्धान थालेको छ । मृत्यु हुने दुवै मजदुर हुन् । इलाका प्रहरी कार्यालय सालझण्डीले शवको पोस्टमार्टम गरेर घटनाको विषयमा अनुसन्धान गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *