इतर समूहलाई लक्षित गर्दै विश्वप्रकाशका तीन ट्विट, बैठकमा नजाने – Nepal Press

इतर समूहलाई लक्षित गर्दै विश्वप्रकाशका तीन ट्विट, बैठकमा नजाने

‘महामन्त्रीको जिम्मेवारीप्रति सजग छु’

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको इतर समूहले बोलाएको बैठकमा सहभागी नहुने भएका छन् ।

महासमिति बैठकबाटै पार्टीको नीति, गति र मति उपर साझा दृष्टिकोण निर्माण हुनुपर्ने उनको अडान छ ।

स्रोतका अनुसार आफू बैठकमा नआउने सन्देश शर्माले इतर समूहलाई दिइसकेका छन् । आज ट्विटरमा पनि उनले घुमाउरो संकेत गरेका छन् ।

तीनवटा ट्विट लेख्दै शर्माले आफ्नो धारणा प्रष्ट्याएका हुन् ।

उनले पार्टी महामन्त्रीको जिम्मेवारीप्रति आफू सजग रहेको उल्लेख गरेका छन् ।

पहिलो ट्विटमा शर्माले महासमिति मार्फत कांग्रेसमाथि उठेका विभिन्न प्रश्नको जवाफ खोजिने बताएका छन् ।

उनको ट्विट यस्तो छ ।

कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ?

भन्दा महत्त्वपूर्ण प्रश्न-

*समाजमा असन्तुष्टि किन छ,

* हामी त्यसमा कति दोषी छौँ,

* वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ

(महासमिति मार्फत यी प्रश्नको निरूपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि)

उनले दोस्रो ट्विट लेखेका छन्:

*पार्टी पङ्क्तिमा ऊर्जा

*नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास

*०८२ मा महाधिवेशन सुनिश्चितता

*समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री काँग्रेसमा विचार समूहहरू र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमशः खोज्नु छ

उनी थप्छन्, ‘तर, अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छु र रहनेछु ।’

तेस्रो ट्विटमा उनले दलहरूमा फरक विचार र विचार समूह हुनु स्वभाविक भएको बताएका छन् ।

कांग्रेसमा पनि यो छ/छन् । यो अभ्यासलाई हार्दिक ढंगले दिइनुपर्छ ।

उनी थप्छन्, ‘तर, अहिलेको समय महासमितिबाट नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रती सजग छु/रहनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर