शेखर समूहको बैठक : मिनेन्द्रको ठट्टापछि गगनले कुर्सी सारे !
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा अहिले संस्थापन इतर पक्षको छुट्टै भेला बसिरहेको छ ।
बैठकमा कोइरालाले १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बोलाएका छन् ।
बैठकमा शेखर(गगन समुहको भेलामा यसअघि कतैतिर नखुलेका मिनेन्द्र रिजाल पनि सहभागी छन्। बैठक सुरु हुनुअघि रिजालले सञ्चारकर्मी छिरेपछि फोटो खिच्ने क्रममा ठट्टा गरे ।
रिजालले ठट्टा गर्दै महामन्त्री गगन थापालाई भने, ‘महामन्त्रीज्यू पर बस्नु भएको छ फेरि बैठकमा महामन्त्रीलाई छुट्टै राखियो भन्दै समाचार नबनाइदिनु होला नि। ठाउँ यस्तै छ सबैलाई एउटै फ्रममा मिलाउन गाह्रो होला ।’
रिजालको ठट्टापछि बैठकमा उपस्थित नेताहरु हाँसेपछि गगन कुर्सी सार्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीको छेउमा आएर बसेका थिए ।