दिनेश कोइरालालाई निशर्त केन्द्रीय समितिमा फर्काउन शेखर समूहको दबाब – Nepal Press

दिनेश कोइरालालाई निशर्त केन्द्रीय समितिमा फर्काउन शेखर समूहको दबाब

काठमाडौं । नेपाली कांगे्रसको संस्थापन पक्षले दिनेश कोइरालालाई केन्द्रीय कार्य समितिमा पुनस्र्थापित गर्न नचाहेपछि शेखर-गगन समूहले यसलाई बटमलाइन बनाउने भएको छ ।

कोइरालमाथिको कारबाही फिर्ता भए पनि केन्द्रीय सदस्य पद फिर्ता भएको छैन ।

गत प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवार बनेका कोइरालालाई एमालेले समर्थन गरेर आफ्ना उम्मेदवार रामप्रसाद न्यौपानेलाई फिर्ता गरेको थियो । कोइरालाले १२ हजार २७५ मत पाएका थिए ।

चितवन २ मा उपचुनावका बेला कांग्रेसले दिनेश कोइरालासहित सबै बागी तथा बागीका समर्थकहरुको कारवाही फिर्ता गरेको थियो । कोइरालाको कारवाही फिर्ता भए पनि केन्द्रीय सदस्य कायम नगराउन संस्थापन पक्षले प्रयास गरिरहेको समीक्षा शेखर समूहको भेलामा भएको छ ।

कोइराला पनि भेलामा सहभागी छन् । उनी केही दिनअघि बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागारसमेत गएका थिए । शेखर पक्षले दिनेशलाई निशर्त केन्द्रीय समिति बैठकमा सहभागी गराउन सभापतिसमक्ष माग गर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर