शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको आरोपमा धनुषाका तत्कालीन शिक्षा अधिकारी मन्डलविरुद्ध मुद्दा दायर – Nepal Press

शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको आरोपमा धनुषाका तत्कालीन शिक्षा अधिकारी मन्डलविरुद्ध मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मन्डलविरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको छ ।

शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको र त्यही आधारमा पदस्थापन पनि भएको देखिएको भन्दै मन्डलले भष्ट्रचार गरेको दाबी अख्तियारको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका-९ स्थित रामजानकी प्राविमा पढाउँद आएकी निलकुमारी यादबलाई पनि प्रतिवादी बनाइएको छ ।

यादव २०७१ असोज ७ गते जिल्ला शिक्षा कार्यालयको पत्रले किसानपुरस्थित भानु उच्च मावीबाट रामजानकी प्रावीमा दरबन्दी भई पदस्थापन भएकी थिइन् । अख्तियारका अनुसार भानी उच्च माविमा यादबको शिक्षक नियुक्ती पत्र नै नक्कली रहेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर