गणेशमानलाई सम्झदै राष्ट्रपतिले भने- राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश दिन आवश्यक (भिडिओ) – Nepal Press

गणेशमानलाई सम्झदै राष्ट्रपतिले भने- राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने सन्देश दिन आवश्यक (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार भक्तपुरमा गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका हुन् ।

गणेशमान सिंह सबैको सर्वमान्य नेताको रूपमा स्मरण गर्दै पौडेलले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नभएको भन्दै राजाले प्रधानमन्त्री बन्नु भन्दा समेत अस्वीकार गरेको बताए । गणेशमानको साथ र समिप्यता आफ्नो राजनीतिक जीवनमा पनि पाएको पौडेलको भनाइ थियो ।

‘लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन । जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिँड्नसक्यौं भने मात्रै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । यस्ता महापुरुषको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्थ जीवनशैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्नसक्ने मैले देखेको छु । नेपालमा आउने पर्यटकहरुलाई नेपालको जानै पर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्नुहोला’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर