विभागको महानिर्देशक रिक्त राखेर खानेपानी मन्त्रालयका सात सहसचिवको सरुवा – Nepal Press

विभागको महानिर्देशक रिक्त राखेर खानेपानी मन्त्रालयका सात सहसचिवको सरुवा

काठमाडौं । खानेपानी मन्त्रालयले सातजना सहसचिवको सरुवा गरेको छ । मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित गरेर सातजना सहसचिवको सरुवा गरेका हुन् ।

मन्त्रालयका अनुसार खानेपाली विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा भएको छ भने विभागको महानिर्देशकको जिम्मेवारीमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई दिइएको छ ।

मेलम्ची खानेपानी विकास समितिका उप-कार्यकारी निर्देशकको जिम्मेवारी संघीय मामिला खानेपानी आयोजना विराटनगरका प्रमुख सुरत बमलाई दिइएको छ । यस्तै सहसचिव बालमुकुन्द श्रेष्ठको संघीय आयोजना सुर्खेत, रामचन्द्र काफ्लेको बुटवल तथा प्रज्जव प्रजापतिको हेटौंडा र जक्की अहमदको जनकपुर सरुवा भएको छ ।

गत वैशाख २४ गते नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीबाट खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि उनले पहिलो पटक उच्चस्तरीय कर्मचारीको सरुवा गरेका हुन् ।

यसअघि मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्री कार्यालयमा रहेका सचिव रामआधार साहलाई खानेपानी मन्त्रालय सरुवा भएको थियो भने खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर