‘सुवाचन्द्र नेम्वाङप्रति एमाले ऋणी छ’ – Nepal Press

‘सुवाचन्द्र नेम्वाङप्रति एमाले ऋणी छ’

सुर्खेत । नेकपा एमाले पार्टी केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशीविदेशी शक्तिले संविधान घोषणा नगर्न दबाब दिएको दाबी गरेका छन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित ‘सुवास र संविधान’ प्रवचन कार्यक्रममा पाण्डेले संविधान जारी नभएको भए देश कता जान्थ्यो होला भन्ने चिन्ताको विषय भएको बताए ।

‘सुवास खम्बाको रुपमा उभिएर पृथक तरिकाले संविधान जारी भयो’, उनले भने, ‘संघ र प्रदेश चलाउने हिसाबले संविधान जारी भएको छ । सातवटा प्रदेश विभाजनमा पनि सुवासको महत्त्वपूर्ण योगदान छ । सुवास यस्तो पात्र हुन्, जुन हामीले गुमाएका छौं ।’

एमाले सचिव लेखराज भट्टले सुवासचन्द्र नेम्वाङले पहिलादेखि नै जातीय राज्यले देशलाई समस्या ल्याउँछ भन्दै आएको बताए ।

‘देशले राजनेता गुमाएको छ । उहाँप्रति पार्टी ऋणी छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर