बेलौरीमा मध्यराति कुटिए स्वास्थ्यकर्मी, आकस्मिक बाहेकका सेवा बन्द (भिडिओ) – Nepal Press

बेलौरीमा मध्यराति कुटिए स्वास्थ्यकर्मी, आकस्मिक बाहेकका सेवा बन्द (भिडिओ)

कैलाली । हेटौंडामा दुई डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बेलौरी नगरपालिका-४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्र गैरेमाथि कुटपिट गरिएको हो ।

सोही नगरपालिकाका रामबहादुर खड्काले हातपात गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

कुटपिटबाट अहेब गैरे घाइते भएका छन् । उनी उपचारका लागि बेलौरीबाट निस्किँदै गरेको जानकारी दिए ।

‘मेरो घाँटीमा समातेर बजारियो’, उनले भने, ‘ मलाई पछाडि पनि चोट लागेको छ अब उपचारको लागि निस्किँदै छु ।

‘घाइते मेरै चिनजानका मान्छे हुन् । उपचार गराइरहेको बेलामा एक्कासि उनीहरू आए,’ गैरेले  नेपाल प्रेससँग भने । उनले अहिले कुटपिट गर्नेलाई पक्राउ गरिएको तर, आफू कानूनी प्रक्रियामै अघि बढिसकेको बताए ।

यसैबीच अहेबमाथि आक्रमण गर्नेलाई पक्राउ नगरेको भन्दै स्वास्थ्यकर्मीले आन्दोलनको घोषणा गरिएको छ ।

बेलौरी नगरपालिकाको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै तत्काल कारबाही नगरे ४ गतेदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका हुन् । प्राथमिक स्वास्थ्य केन्द्रले विज्ञप्ति निकाल्दै प्रहरीले पनि घटनाप्रति गम्भीर नभएको आरोप लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर