राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रिभोजमा को-को गए ? (तस्बिरहरु) – Nepal Press

राष्ट्रपति पौडेलले आयोजना गरेको रात्रिभोजमा को-को गए ? (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ उपस्थिति रहेको थियो । त्यसैगरी, मन्त्रीहरु, विदेशी राजदूतहरुलगायतको पनि सहभागीता थियो ।

त्यस्तै, कार्यक्रममा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन पनि उपस्थिति थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित थिएनन् भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेन पनि अनुपस्थित थिए ।

राष्ट्रपति कार्यालयका अनुसार उनीहरु सबैलार्य आमन्त्रण भने गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर