ईश्वर पोखरेल र योगेश भट्टराईले शहीद रामनारायणलाई यसरी सम्झिए – Nepal Press

ईश्वर पोखरेल र योगेश भट्टराईले शहीद रामनारायणलाई यसरी सम्झिए

जनकपुरधाम । आज शहीद रामनारायण मण्डल (मुरबल)को २७ औं स्मृति दिवस मनाइएको छ । धनुषाको शहीदनगर नगरपालिका ६ हरबारामा नेकपा एमालेले उनको स्मृति दिवस मनाएको हो ।

एमाले उपाध्यक्ष ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठ लगातका नेताहरु हरबारा पुगेर शहिद मुरबललाई श्रद्धाञ्जली दिए । उनीहरुले शहिद मुडबलको योगदानको जति प्रसंशा गरेपनि कम हुने उल्लेख गरे ।

मण्डल जनप्रिय कम्युनिष्ट नेता थिए । उनी गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए ‌। तर २०५३ असोजमा विपक्षी दलका कार्यकर्ताले उनको हत्या गर्यो ।

मण्डलको मात्र होइन्, उनका जेठो छोरालाई समेत पोखरीमा फालेर हत्या गरियो । परिवारलाई नै सखाप पार्न खोज्दा मण्डलका श्रीमती फूलोकुमारी देवी र छोरा अपराजय विस्थापित भएका थिए ।

फूलोदेवी र उनका अपराजयलाई एमाले अध्यक्ष केपी शर्मा ओली पाल्पामा लुकाएर संरक्षण दिएका थिए । उनै ओलीले गत वर्ष अचानक उनको घर पुगेका थिए । त्यहाँ पुगेर फूलोदेवीलाई सांसद बनाउने वचन दिएका थिए ।

ओलीले फूलोदेवीलाई सांसद बनाएर वचन पुरा गरिसकेका छन् । फूलोदेवी अहिले एमालेका मधेश प्रदेशकी समानुपातिक सांसद छिन् । फूलोदेवीसँग आज एमाले उपाध्यक्ष पोखरेल र सचिव भट्टराईले पनि भलाकुसारी गरे ।

शहीद रामनारायणको स्मृति दिवसमा एमाले उपाध्यक्ष पोखरेलले भने, ‘रामनायायण कमरेडलाई हामीले प्रेमले मुरबल भन्दै थियौं । आज उहाँको २७ औं स्मृति दिवस मनाउदैछौं । उहाँलाई श्रद्धाञ्जली दिन अध्यक्ष केपी शर्मा ओली जी पनि आउन चाहनुभएको थियो । तर केही कारणबश आउन सक्नुभएन । उहाँको तर्फबाट पनि श्रद्धाञ्जली दिन चाहन्छु ‌।’

शहिद मुरबलको योगदानको प्रशंसा गर्दै भने, ‘उहाँ जनतामा स्थापित जननेता हुनुहुन्थ्यो । दुब्लो र पातले भए पनि उहाँको हिम्मत हिमाल जस्तो उचाई थियो ।’ जनविरोधी र प्रतिक्रियावादीहरुले कमरेड मुरबलको हत्या गरेको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर