जंगी निशान उठाउँदै ओलीले भने- लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं – Nepal Press

जंगी निशान उठाउँदै ओलीले भने- लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं

काठमाडौं । नेकपा एमालेले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहान वाकाथन गरेकै स्थान नक्साल नारायण चौरमा बुधबार साँझ दिपावली तथा संविधान साँझ आयोजना गरेको छ ।

साँझ सात बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले रिमोट थिचेर दिपावली र पुष्प वर्षा गर्नुका साथै जंगी निशानको गीत घन्काएका थिए । ‘रातो र चन्द्र सूर्य’ गीतमा एमाले पंक्तिले संविधान साँझ मनाए ।

सहभागीलाई सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको सफल कार्यन्वयनमार्फत समृद्ध नेपाल र सुखी नेपाली बनाइ छाड्ने संकल्प जनस्तरबाटै गर्नुपरेको बताए ।

ओलीले भने- लोकतन्त्रको दियो ननिभ्ने गरी, कहिल्यै नझुक्नेगरी दिपावली गरेका छौं, यस बगैंचालाई राष्ट्रिय एकता र उज्याले नेपवालको प्रतिकको रुपमा विकास गर्न चाहान्छौं । अर्को वर्षदेखि यो दिवस अझ ब्यापक र भव्य ढंगले जनताको घर घरमा मनाउनेछौं ।

सो अवसरमा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माणको अगुवाई नगरेको भए २०७२ असोज ३ गते संविधान आउने थिएन भन्दै यसको नेतृत्वका लागि संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई इतिहासले सधैं सम्झिने बताए ।

तस्बिरहरू : गाैरव पाैडेल

 


प्रतिक्रिया

One thought on “जंगी निशान उठाउँदै ओलीले भने- लोकतन्त्रको दियो कहिल्यै निभ्न र झुक्न दिनेछैनौं

  1. यो देशको सच्चा पहरेदार एमाले मात्र हो । अरू त कोही दिल्लीका सेवक, कोही साउने खरे, कोहि कमाउवादी मात्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर