उपत्यकाका सबै सामुदायिक विद्यालय बन्द, विद्यार्थीहरूलाई फर्काइयो – Nepal Press

उपत्यकाका सबै सामुदायिक विद्यालय बन्द, विद्यार्थीहरूलाई फर्काइयो

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गरे कारबाही गर्ने चेतावनी दिए पनि पठनपाठन ठप्प रहेको छ । संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् ।

महानगरभित्रका विद्यालय बन्द भए कारबाही गर्ने महानगरको चेतावनी र विद्यालयले कुनै सार्वजनिक सूचना नै जारी नगर्दा विद्यार्थी भने मारमा परेका छन् ।

अधिकांश कक्षा १० मा पढ्ने विद्यार्थीहरू सधैँ बिहान साढे ७ बजे कोचिङ कक्षाका लागि हाजिर हुने गरेका थिए ।

सोही अनुसार आज पनि रत्नराज्य लगायतका विद्यालयमा विद्यार्थीहरू बिहानै पुगेका थिए । तर उनीहरू पढ्न भने पाएनन् ।

बानेश्वरस्थित रत्नराज्यको प्रधानाध्यापक रामआशिष यादवले विद्यालय बन्द रहेको र कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।

त्यसो त महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर