गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँग छलफल, पहिलो वार्ता निष्कर्षविहीन (भिडिओ) – Nepal Press

गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँग छलफल, पहिलो वार्ता निष्कर्षविहीन (भिडिओ)

काठमाडौं । विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरूसँग सरकारले वार्ता शुरु गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा बिहीबार बिहान भएको वार्ता निष्कर्षविहीन भएको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी थिए ।

आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू सहभागी वार्ता सकारात्मक रहेको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए ।

वार्ताबाट समस्या समाधान गरिने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले शिक्षकको समस्या सबैको साझा भएकाले यसलाई शिक्षकको मात्र भनेर नबुझेको बताए ।

उनले शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्ने बताए । उनले आन्दोलन फिर्ता लिन आग्रह गर्दै संघीय शिक्षा विधेयकलाई सबैको सहमतिमा संशोधन गर्न सकिने बताएका छन् ।

शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।

 

 

 


प्रतिक्रिया

One thought on “गृहमन्त्रीको पहलमा आन्दोलनकारी शिक्षकसँग छलफल, पहिलो वार्ता निष्कर्षविहीन (भिडिओ)

  1. पेसा केहो शिक्षक आन्दोलन गर्न लाज हुदैन कि क्या हो विधार्थी को भबिस्य माथी खेलबाड गर्ने पनि शिक्षक हो।।।आजको दिन सम्म बिद्यार्थी बिग्रेनुको थुलो भुमिका छ शिक्षक मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *