झलनाथलाई माधव नेपालको जवाफ- अनुशासनमा बसेकाले पार्टीको कुरा सडकमा लाँदैनन् (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको कुरा सडकमा लानु राम्रो नभएको बताएका छन् । अध्यक्ष नेपालद्वारा जारी अपानिमा असन्तुष्टि पोख्दै सम्मानित नेता झलनाथ खनालले खतरनाक भएको टिप्पणी गरेपछि उनले यस्तो बताएका हुन् ।
नेता खनालले त अपानि खतरनाक छ भन्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा नेपालले भने, ‘त्यस्ता कुरामा हामी पार्टीमै बसेर छलफल गरौंला । पार्टीभित्रको कुरा सडकमा लाने काम पार्टीको जिम्मेवार बसेकाले गर्दैनन् । अनुशासनको कुरा बुझेकाले गर्दैनन् । सबै कुरा पार्टीभित्र बसेर छलफल गरेर टुंगो लगाउँछौं ।’
उनले पार्टीभित्र मतभेद नभएर प्रष्ट्याउँदै उठेका विषय छलफलबाट टुंग्याउने बताए ।
यस्तै उनले सरकारले राम्रो कामको प्रयास गरिरहेकाले आफूहरुको सहयोग निरन्तर हुने सुनाए ।
यस्तो कुरा थाहा त रहेछ नेपाललाई । किन एमाले हुँदा उफ्री उफ्री आफ्नै पार्टीको विरोध गरेका होलान् ।
आफू दिल्लीको दलाल बनेर सडकमा तमासा देखाएर पार्टी फुटाएर हिडन हुने । अहिले अरूले तिमी दिल्लीको दलाल भयौ भन्दा रिसाउने ? लाज छैन ?