नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ आज पनि भएन – Nepal Press

नक्कली भुटानी शरणार्थीको पुनरावेदन सुनुवाइ आज पनि भएन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार तोकिएको पुनरावेदन सुनुवाइ हेर्न नभ्याइने भएको छ । पाटन उच्च अदालतमा ध्रुवराज नन्द र राज्यलक्ष्मी बज्राचार्यको इजलासमा पेशी तोकिएको थियो । अन्य मुद्दाको सुनुवाइका कारण हेर्न नभ्याइने भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयसहित २० जनाको पुनरावेदन निवेदन परेको छ । यसअघि जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर