बुटवलमा खुल्यो स्वदेशी उत्पादन पाइने नेपाली लुगा घर – Nepal Press

बुटवलमा खुल्यो स्वदेशी उत्पादन पाइने नेपाली लुगा घर

रुपन्देही । नेपाली उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले बुटवलमा साढे २ करोड लगानीमा नेपाली लुगा घर सञ्चालनमा आएको छ ।

युवा व्यवसायी प्रकाश भुसालले बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबारदेखि नेपाली लुगा घर सञ्चालनमा ल्याएका छन् । नेपालमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मूल्यमा ग्राहकसम्म सजिलै पुर्‍याउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको सञ्चालक भुसालको भनाइ छ ।

ज्येष्ठ नागरिक भागिरथ भुसालले नेपाली लुगा घरको एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा तयारी पोशाक संघका केन्द्रीय उपाध्यक्ष राजुप्रसाद कार्कीले नेपाली उत्पादनको बजार प्रवर्द्धन गर्न सबै लाग्नुपर्ने बताए ।

लुगा घर शुभारम्भको अवसरमा ३ दिनसम्म फूड फेस्टिभल र गजल साँझ सञ्चालन गरिएको छ । गजल साँझमा बुँद राना, प्रकाश बस्नेत (गफाडी), सुदेश सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लीलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुति रहेको छ ।

लुगा घरमा स्वदेशी ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सबै प्रकारका कपडा उपलब्ध हुने सञ्चालक भुसालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर