ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रुपक मानको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धताहरु – Nepal Press

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रुपक मानको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धताहरु

काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अधिवेशनका लागि रुपक मान महर्जनको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।

असोज १९ र २० गते हुन ललितपुर उद्योग वाणिज्य संघको ४४ औं साधारण सभाका लागि महर्जनले प्यानलसहित उम्मेदवारी दिएका हुन् । अधिवेशनमा महर्जनसँगै अध्यक्ष पदका लागि रवीन्द्र ताम्राकार र विश्व राज बज्राचार्य पनि उम्मेदवारी दिएका छन् ।

रुपकको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुसन महर्जन, उद्योग उपाध्यक्षमा सुरज बज्राचार्य, वाणिज्य उपाध्यक्षमा सुनिल शाक्य, संस्थागत उपाध्यक्षमा रमेश सिंह महर्जन, महासचिवमा महेश श्रेष्ठ र कोषाध्यक्षमा राजु महर्जनले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, उद्योग तर्फ कार्य समिति सदस्यहरुमा अनिल महर्जन, आशिष शाक्य, गुण केशरी ताम्राकार, संघ रत्न डंगोल, सबुता महर्जन र सदिक्षा डंगोलको उम्मेदवारी छ भने वाणिज्य तर्फ कार्यसमिति सदस्यहरुमा प्रेमकाजी शाक्य, विक्रम बज्राचार्य, महेश्वर लाल खोसीं, राजेन्द्र लामा तामाङ, लक्ष्मी कृष्ण श्रेष्ठ, सुनिल कुमार श्रेष्ठ र सुरज महर्जनले उम्मेदवारी दिएका छन् ।

रुपकले आफ्नो घोषणा पत्रमा ललितपुर जिल्लालाई हस्तकला र उद्योगको सधैंभरी राजधानीको छायाँमा परेको अवस्थामा परिवर्तन ल्याएर सबल र निर्णायक भूमिका निर्माणमा योगदान दिने प्रतिबद्धता जनाएका छन् ।

यस्ता छन् घोषणा पत्रका प्रतिबद्धता:

लुभुमा भएको टेक्सटाइल उद्योगहरु, बुंगमतीको काष्ठकला, सानागाउँको परालबाट निर्मित वस्तुहरुको उद्यम लगायत साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनमा जोड दिने ।

कृषिको विविधिकरण र व्यवसायीकरण गरी यो क्षेत्रका कृषि उद्यमीहरुको उत्थान र समग्र क्षेत्रको सर्वाङ्गिण विकासमा योगदान दिने ।

विश्व सम्पदा सूचिमा रहेको पाटन दरबार स्क्वायर तथा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना बोकेको गोदावरी लगायत ललितपुरको दक्षिणी भेग र त्यस्तो सम्भावना बोकेको अन्य क्षेत्र समेतको पहिचान र विकास गरी पर्यटन प्रवर्द्धनमा योगदान दिने ।

व्यवसायीहरुको हकहितको लागि अग्रजहरुले आज भन्दा ५५ वर्ष अगाडि देखि खेलेको भुमिकालाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने छ ।

साना, मझौला देखि ठूला व्यवसायीहरुका समस्याहरु र सरोकारका विषयहरु जोडदार रुपमा उठाउने ।

उद्योगी व्यवसायीका अन्तर्राष्ट्रिय सहकार्य र विश्वव्यापी बजार विस्तारको अवसरहरुको खोजी

गर्दै अधिकाधिक लाभान्वित हुने वातावरण तयार गरिने छ । ड्ड प्राचीन कलाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गरी कलालाई जीवित राख्ने र प्राचीन कलामा आधारित व्यवसायको प्रवर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरिने छ ।


प्रतिक्रिया

One thought on “ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रुपक मानको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धताहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर