अर्थमन्त्री महत गए इजिप्ट
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआइआइबी)को वार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गरेका छन् ।
उनले एआइआइबीको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउने छन । उनको साथमा राजस्व सचिव डा। रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी हुने छन् ।
बैठकमा दिगो सीमापार विकासको लागि उत्तरदायी विश्वव्यापी शासन सुनिश्चितताका लागि लगानी जुटाउने, उदीयमान बजारहरूमा दिगो पूर्वाधारको लागि निजी इक्विटी जुटाउने, हरित र प्रविधि(सक्षम पूर्वाधारमा स्टार्ट(अपहरूको लागि भेन्चर क्यापिटल सोकेसको विकास गर्ने, जलवायु चुनौतीको सामना गर्न जलवायु वित्तका लागि स्रोतहरूको परिचालन गर्ने लगायतका विषयहरूमा छलफल हुने बताइएको छ ।