शिक्षक आन्दोलनमा एमालेका प्रमुख सचेतक गिरीको समर्थन, सरकारले बेवास्ता गरेको आरोप – Nepal Press

शिक्षक आन्दोलनमा एमालेका प्रमुख सचेतक गिरीको समर्थन, सरकारले बेवास्ता गरेको आरोप

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले शिक्षक आन्दोलनमा पार्टीको नैतिक समर्थन जनाउँदै उनीहरुका माग सम्बोधन गरेर विद्यालय फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख सचेतक गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरीबाट दुःख कष्ट सहेर काठमाडौंमा सडक आन्दोलन गरिरहेका शिक्षकका माग सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले तत्काल वार्ताबाट समाधान गरी शिक्षकलाई विद्यालयमा फर्काउन आग्रह गरेका छन् ।

गिरीको विज्ञप्तिमा भनिएको छ– सम्बन्धित सबै पक्षसँग परामर्श गरी शिक्षा विधेयक आउनु पर्थ्यो तर त्यसो भएन । जसका कारण देशैभरीबाट हजारौं गुरुहरु अनेक दुखकष्ट सहेर काठमाडौं आई सडक आन्दोलन गरिरहनु भएको छ । जसका कारण लाखौँ विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । तसर्थ शिक्षकहरुको न्यायोचित मागहरु यथाशिघ्र पूरा गरी खुसी मनका साथ विद्यालय शिक्षकहरु कार्यस्थलमा फर्कने वातावरण बनाउन सरकारसँग माग गर्दछु ।

गिरीले ४ दिन सम्म हजारौं शिक्षकहरु काठमाडौंका सडकमा धर्ना दिँदै प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगरेको आरोप लगाएका छन् ।


प्रतिक्रिया

One thought on “शिक्षक आन्दोलनमा एमालेका प्रमुख सचेतक गिरीको समर्थन, सरकारले बेवास्ता गरेको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर