शिक्षक आन्दोलनः सिंहदरबारभित्रै घुसेका वैद्य माओवादीका ११ जना कार्यकर्ता पक्राउ (तस्बिरहरु)
पत्रकारमाथि प्रहरीको हातपात
काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनका क्रममा वैद्य निकट विद्यार्थी संगठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले गरिरहेको आन्दोलनमा वैद्यनिकट विद्यार्थीहरु सहभागी भएका थिए । शान्तिपूर्ण आन्दोलन भइरहँदा उनीहरुले प्रहरीलाई घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेका हुन् । प्रहरीले पक्राउ गरी उनीहरुले नारावाजी गरेका थिए ।
यसैबीच, प्रहरीले आन्दोलनको रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मीलाई दुव्र्यवहार र हातपात गरेका छन् । सिंहदरबारभित्र वैद्य माओवादीका विद्यार्थीहरुलाई धरपकड गरिएको दृष्य खिच्ने क्रममा नेपाल प्रेसका क्यामरापर्सन उमेश कार्कीलाई पनि उनीहरुले हातपात गरे ।
कार्कीले आफूसँग भएको सरकारी परिचयपत्र देखाउँदा देखाउँदै पनि प्रहरीले धाकधम्की दिनुका साथै मुक्का प्रहार गरेको बताएका छन् ।