प्रदेश अधिवेशन भव्य र सभ्य बनाउने एमाले मधेश संसदीय दलको निर्णय – Nepal Press

प्रदेश अधिवेशन भव्य र सभ्य बनाउने एमाले मधेश संसदीय दलको निर्णय

जनकपुरधाम । नेकपा एमाले प्रदेश अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न पार्टीको मधेश प्रदेश संसदीय दलको बैठक बसेको छ ।

एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईको प्रमुख आतिथ्यमा शुक्रबार मधेश प्रदेश संसदीय दलको बैठक बसेको हो ।

उक्त बैठकले पार्टीको प्रदेश अधिवेशन भव्य र सभ्य बनाउने निर्णय गरेको संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।

उनका अनुसार असोज २४ र २५ गते जनकपुरधामस्थित महेन्द्रनारायण निधि भवनमा प्रदेश अधिवेशन हुनेछ । अधिवेशन सफल पार्न प्रदेशका २४ जना सांसदले योगदान गर्नेछन् ।

‘मधेश सरकारले लामो समयदेखि सदन नबोलाएकाले अविलम्ब बोलाउन यसअघि नै आग्रह गरेका थियौं’, उनले भने, ‘मन्त्रिपरिषद्को बैठकले असोज २१ गते सदन बोलाउने निर्णय गरिसकेको छ । त्यसैले अहिले प्रदेश सरकारबारे थप केही निर्णय गरेनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर