लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य


रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जना सदस्यलाई नियुक्त गरेको छ ।
योजना आयोगमा उपाध्यक्षसहित ४ जना भएका छन् । १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको छैन ।
प्रदेशले आयोगको सदस्यमा कपिलवस्तुका सरोज खनाल र रोल्पाका सुधन कुमार वली नियुक्त भएका छन् । खनाल माओवादी तथा वली कांग्रेस काेटाबाट नियुक्त भएका हुन् ।
भदौ २६ गतेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेपनि बल्ल शपथ गराइएको हाे । खनाल र वलीको शुक्रवार सपथ ग्रहण गराइएको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा ४ जना सदस्य नियुक्त भएका छन् । अन्य १ जना महिला सदस्य नियुक्तिको प्रकियामा रहेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।