दशैंको पूर्वसन्ध्यामा पशुबलि रोक्न आह्वान गर्दै र्याली (तस्बिरहरु)
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको पूर्वसन्ध्यामा पशुबलि रोक्न आह्वान गर्दै र्याली निकालिएको छ ।
पशुबलि राेक्न आह्रान गर्दै पशुबलि निषेध चेतना अभियानअन्तर्गत वृहत शान्ति पदयात्रा गरिएको छ । पदयात्रा भद्रकालीदेखि रत्नपार्कको शान्तिबाटिकासम्म गरिएको थियो ।
धार्मिक आध्यात्मिक प्राणी अधिकारकर्मी अहिंसाप्रेमी संघसंस्था तथा अभियान्ताहरुले पशुबली रोक्न पदयात्रा गरेका हुन् ।
पदयात्रामा निस्किएका पशु अधिकारकर्मीहरुले पशु बलि धर्म हो भने पाप के हो ? प्राणी हिंसा आजै त्यागौं, पशुबलिमा हुने सरकारी खर्च बन्द गरौं जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
चाडबाड नजिकिएसँगै पशु बलि पनि बढ्ने भन्दै यसलाई रोक्न पदयात्रा आयोजना गरिएको अभियान्ताहरुले बताएका छन् । दशैंको बेला पशुबलि दिने प्रचलन रहेको छ ।
यी डलरे फिरंगीका भतुवा मनुवाहरुलाई बकर-इदमा करोडौं निर्दोष पशुहरुको कुरवानी नगर भनेर जुलुश निकाल्न के ले रोक्या थियो ?
क्रिस्चियनहरुको थ्याङ्क्स गिभिङमा लाखौं टर्की मारिँदा यिनीहरू मरेका हुन्छन्
डेनमार्कतिर लाखौं डल्फिन मारिँदा यिनीहरू कहाँ मरेका हुन्छन्
तर जब नेपालमा हिन्दुको दशैं आउँछ यिनीहरूको मृत शरिरमा कसैले प्राण भरिदिन्छ र यिनीहरू सल्बलाउन थाल्छन्