काेशी अधिवेशनमा भाेजपुरबाट एमालेका सबै प्रतिनिधि सर्वसम्मत (सूचीसहित)
विराटनगर । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन लागि भोजपुरका सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट भएको छ ।
एमाले भोजपुरका अनुसार एमाले प्रदेश कमिटीको अधिवेशनमा साल्पासिलिछो गाउँपालिकाबाट खगेन्द्र राई र सङ्गिता चौहान, षडानन्द नगरपालिकाबाट सुरेन्द्रकुमार उदास, खड्ग पौडेल, मानबहादुर खत्री, रोशन बस्नेत ,मेरिका राई ,लक्ष्मीकला राई (जिसि) प्रतिनिधि चयन भएका छन् ।
यस्तै अरुण गाउँपालिकाबाट शेरबहादुर श्रेष्ठ, कविता राई प्रतिनिधि चयन भएका छन् । पौवादुङ्गा गाउँपालिकाबाट ज्ञानेन्द्र राई, ज्योत्सना राई, भोजपुर नगरपालिकाबाट गणेश श्रेष्ठ ,भरत तामाङ, लक्ष्मण खड्का, निर्मला शेर्पा अधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
यस्तै टेम्केमयुङ गाउँपालिकाबाट ध्रुव राई, विष्णु राई, रमा राई, रामप्रसाद राई गाउँपालिकाबाट प्रेम कार्की, कमलादेवि राई, हतुवागढी गाउँपालिकाबाट धनहर्क राई, प्रेमकुमार राई, सजना परियार, आमचोक गाउँपालिकाबाट बहादुर राई, साईती राई प्रतिनिधि छनौट भएका छन् ।
असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम अधिवेशनमा भोजपुर जिल्लाबाट २७ जना प्रतिनिधि छनौट भएका हुन् ।
एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले सबै स्थानीय तहबाट सर्वसम्मत प्रतिनिधि छनौट गर्न सफल भएको भन्दै यसमा भूमिका निर्वाह गर्ने जिल्लाका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका छन् ।