ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका, २०८० जारी
काठमाडौँ । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका जारी भएको छ । आन्तरिक राजश्व विभागको सिफारिसमा ‘मूल्य अभिवृद्धि कर नियमावली २०५३ को नियम ६१’ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार अर्थ मन्त्रालयले निर्देशिका जारी गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत ढुवानी सेवामाको भाडामा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरिएको थियो । जारी निर्देशिकालाई नेपाल ट्रक यातायात व्यवसायी महासंघले स्वागत गरेका छन् ।
महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँका अनुसार निर्देशिका जारी गर्नेका लागि महासंघले विशेष पहल अनुरोध गरेको थियो ।
जारी निर्देशिकाको कार्यान्वयनका लागि महासंघले सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गर्ने समेत बताए ।
यस अघि २०७६ सालमा पनि निर्देशिका जारी भएको थिए तर व्यवसायीहरूको विरोध र केही कानूनी जटिलताका कारण कार्यान्वयन हुने सकेको थिएन ।
निर्देशिका जारी भएसँगै ढुवानी व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन सहयोग पुग्ने विभागका तत्कालीन निर्देशक विमल सापकोटाले बताए ।