प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेट (तस्बिर/भिडिओ) – Nepal Press

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेट (तस्बिर/भिडिओ)

हाङ्चाउ (चचिआङ) । न्यूयोर्कबाट उडेर आजबाट चीनको एक हप्ते औपचारिक भ्रमण सुरु गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भेट भएको छ ।

हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समय अनुसार अपराह्न ४:५० पछि बजे भेट भएको हो ।

एसियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरुसँग साइडलाइन भेट गर्ने क्रममा सी र प्रचण्ड भेट भएको हो ।

भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एसियाली खेलकुदको व्यस्तता हुँदा पनि भेट गरेकोमा सीको तारिफ गरे।

सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रवार भेट गरेका थिए ।

 

प्रचण्डभन्दा अगाडि आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसग पनि भेट गरेका थिए। भेटमा दुई पक्षको हित र खेलकुद बारेमा छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीको भेट (तस्बिर/भिडिओ)

  1. अफिसियल भेटमा प्रचण्डकी छोरी अघिल्लो पङ्तिमा डेलेगेट्स सरह बस्न मिल्छ । जंगलीहरू देशमा के गर्दैछन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर