सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि पेसी – Nepal Press

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दाको पेसी आज तोकिएको छ ।

यसअघि न्यायाधीश नभएका कारण असोज १ गते स्थगित भएको थियो । पटक पटक पेसी तोकिँदै आए पनि फैसला नभई सर्दै आएको छ।

असोज १ गते अगाडि सन्दीपको मुद्दामा भदौ २१ गतेका लागि पेसी तोकिएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले गौशाला २६को यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर