सिम्रौनगढको भ्रष्टाचार प्रकरणमा उपसचिव विश्वराज मरासेनीविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सिम्रौनगढ नगरपालिका-८ स्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा मरासेनीसहित लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, भवन निर्माण समिति अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्तप्रसाद र कोषाध्यक्ष किरण देवी यादवलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।
विश्वराजको रोजाइमा यसअघि आकर्षक मानिने कार्यालय पर्ने गर्थ्यो । उनी जुन कार्यालय बसेपनि विवादित बनेका थिए । उनी यसअघि बुढानिलकण्ठ नगरपालिका,ललितपुरको गोदावरी नगरपालिकालगायत स्थानीय तहको प्रशासकीय अधिकृत थिए ।
उनिहरुविरुद्ध जनही ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ १६ पैसा बिगो दाबी गरिएको छ।