सुन तस्करी प्रकरण : छानबिन आयोग गठनबारे सर्वदलीय छलफल जारी – Nepal Press

सुन तस्करी प्रकरण : छानबिन आयोग गठनबारे सर्वदलीय छलफल जारी

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग गठनको विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सर्वदलीय बैठक रोखका छन् । रक्षामन्त्रालयमा जारी बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख दलका सचेतक प्रमुख सचेतक सहभागी छन् ।

बैठकमा कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला, रास्वपाबाट रवि लामिछाने, जसपाबाट प्रदीप यादवलगायतका नेता उपस्थित छन् ।

सुन तस्करी छानबिनका लागि पूर्वसहमति अनुसार सरकार आयोग गठनमा तयार नभएको आरोप प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर