भदौ महिनासम्म दुई खर्ब ३३ अर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा ह्रास – Nepal Press

भदौ महिनासम्म दुई खर्ब ३३ अर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा ह्रास

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को महिना सम्म मात्रै व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

आइतबार भन्सार विभागले सार्वजनिक गरेको तथ्याङकअनुसार चालू आर्थिक वर्षको भदौ सम्म २ खर्ब ३३ अर्ब ३० करोड २८ लाख ६५ हजार रुपैयाँ व्यापार घाटा भएको छ । जबकि गत आर्थिक वर्षको सोहि अवधिमा भने, २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ व्यापार घाटा रहेको थियो ।

त्यस्तै, आर्थिक वर्षको दोस्रो महिनामा आयात र निर्यात दुवैमा ह्रास आएको छ । भदौ महिनामा आयात ५.०६ प्रतिशत र निर्यात ७.७९ प्रतिशतले घटेको छ । २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँको आयात भएको छ । जहाँ दुई महिनामा २ खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख ९८ हजार रुपैयाँको आयात भएको छ भने, २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँको निर्यात भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर