दोहोरो अंकले घट्याे शेयर बजार, सवा दुई अर्बकाे कारोबार
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ ।
आइतबार प्रि ओपन सेसनबाटै ह्रास हुँदै खुलेको नेप्से परिसूचक १९.४२ अंकले घटेर २०१० बिन्दुमा बन्द भएको छ । यस दिन बजारमा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँको कारोबार भएको छ । जहाँ ९० लाख ३ हजार ८४१ कित्ता सेयरको खरिदबिक्री भएको हो ।
बजार दोहोरो अंकले घटेतापनि स्वरोजगार लघुवित्त वित्तीय विकास बैंक, हिमालयन लघुवित्त वित्तीय संस्था र एसीयन हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सकिर्टका साथ सर्वाधिक नाफामा रहेका छन् भने शुभम पावर लिमिटेड नाकारात्मक सकिर्टका सार्थ सर्वाधिक गुमाउनेमा रहेको छ ।
त्यसैगरी, कारोबारका आधारमा माछापुच्छ्रे बैंक १३ करोड २४ लाख ९८ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।
आइतबार बजार पूँजीकरण ३० खर्ब ४४ अर्ब रुपैयाँ रहेको छ ।