भारतले अस्ट्रेलियालाई दियो ४०० रनको लक्ष्य, गिल र अय्यरले बनाए शतक
नेपाल प्रेस
२०८० असोज ७ गते १९:५५
नयाँ दिल्ली । अस्ट्रेलियाविरुद्ध जारी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत दोस्रो खेलमा भारतले ४०० रनको लक्ष्य दिएको छ ।
भारतको होल्कर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३९९ रन जोड्यो । भारतका श्रेयस अय्यर र सुभमन गिलले शतक बनाए । अय्यरले १०५ र गिलले १०४ रन बनाएका हुन् ।
केएल राहुलले ५२, सूर्यकुमार यादवले ७२ र इसन किसनले ३१ रन बनाए । अय्यर र गिलबीच दोस्रो विकेटका लागि २०० रनको साझेदारी भएको थियो ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले ४१८ रनसम्म बनाएको इतिहास छ ।
प्रतिक्रिया
सम्बन्धित खवर