मालदिभ्सविरुद्ध नेपाल २-१ गोलले अगाडि, दुवै टाेली १० खेलाडीमा सीमित
नेपाल प्रेस
२०८० असोज ८ गते १५:१२
काठमाडौं । साफ यू-१९ च्याम्पियनसिप फुटबलअन्तर्गत समूहगत चरणको निर्णायक खेलमा अहिले मालदिभ्ससँग भिडिरहेको नेपाल २-१ गोलले अगाडि रहेको छ ।
दशरथ रंगशालामा दोस्रो हाफको खेल जारी रहँदा नेपाल १ गोल अन्तरले अगाडि रहेको हो । खेलमा २-० गोलले पछाडि परेको अवस्थामा ५८ औँ मिनेटमा मालदिभ्सले गोल गर्दै पुनरागमनको प्रयाश गरेको छ ।
त्यसअघि नेपालले १८ औँ मिनेटमा प्रशान्त लक्समको गोलमा अग्रता लिएको थियो। समिर तामाङले ३० औँ मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए। ३५ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्ड पाएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर