२५ वर्षअघि चितवनमा गैंडा मारेर फरार व्यक्ति पक्राउ
नेपाल प्रेस
२०८० असोज ८ गते १६:५३
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षअघि गैंडा मारेर खाग झिकी फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले गोरखाको तत्कालिन आरुपोखरी गाविस-२ स्थायी ठेगाना भई चितवनको कालिका नपा-२ बस्दै आएका ४४ वर्षीय यमबहादुर बानियाँलाई पक्राउ गरेको हो ।
अदालतले बानियाँलाई २०५७ सालमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना गर्ने सजाय सुनाएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर