साम्प्रदायिकता भड्काउने सामग्री सामाजिक सन्जालमा राखेको आरोपमा एकजना पक्राउ
नेपाल प्रेस
२०८० असोज ८ गते १७:४८
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले साम्प्रदायिकता भड्काउने सामग्री सामाजिक सन्जालमा राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको मलङ्वा नगरपालिका–९ का सनी शर्मा रहेका छन् । विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ६ दिनको थुना म्याद लिएर शर्मामाथी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । विभिन्न जातजाती र सम्प्रदायबीचको सुमधुर सम्बन्ध भड्काउन खोजेको उनीमाथि आरोप लागेको छ ।
प्रतिक्रिया