एमाले बागमती प्रदेश अधिवेशन: प्यानल बनाए उम्मेदवारी खारेजी गर्ने ओलीको चेतावनी – Nepal Press

एमाले बागमती प्रदेश अधिवेशन: प्यानल बनाए उम्मेदवारी खारेजी गर्ने ओलीको चेतावनी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अधिवेशनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीको प्रथम बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले सबैलाई मिलाएर लाने पार्टी भएकाले आपसी लडाइँमा भन्दा सहमतिमा नेतृत्व चयन हुँदा राम्रो हुने बताएका हुन् ।

लोकतन्त्रमा निर्वाचनमात्र हैन, सहमति अझ सुन्दर पक्ष रहेको भन्दै उनले आफू सकेसम्म सहमतिमा नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको बताए ।

ओलीले भने, ‘७० वर्षको इतिहास भएको पार्टीमा नेतृत्वका लागि सयौं योग्य नेता छन्, यहाँ नेतृत्वको लागि सबैले योग्यता हासिल गरेका छन् । तर, नेतृत्व लिने नाउँमा प्यानलसहित निर्वाचन हुने भयो भने त्यो उम्मेदवारी खारेजसम्म हुनसक्छ ।’

उनले अरु पार्टी जस्तो नेता बन्न चोकचोकमा, रत्नपार्क अगाडि उम्मेदवार चाहियो भन्दै निवेदन माग्नुपर्ने पार्टी एमाले नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर