तीनै तहका सरकारमा आधिकारिक ट्रेड युनियन माग, यस्ता छन् निजामती कर्मचारी संगठनका बटमलाइन
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐनमा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई निजामती सेवाको परिभाषामा समेट्न माग गरेको छ ।
संघले पत्रकार सम्मेलन गरी निजामती सेवा ऐनका सन्दर्भमा आफ्ना ३० बुँदे बटमलाइन सार्वजनिक गर्दै तीनै तहका सरकारमा आधिकारिक ट्रेड युनियनको निर्वाचन हुनुपर्ने जनाएको छ ।
जहाँ सरकार त्यहाँ ट्रेड युनियन नारा अघि सार्दै नेकपा एमालेनिकट उक्त संगठने आधिकारिक ट्रेड युनियन निर्वाचनमा राष्ट्रियस्तरका युनियनको मान्यता प्राप्त संगठनहरु तीनै तहका सरकारमा दर्ता भएको मानिने जनाएको छ ।
संगठनले कर्मचारीको उमेर हद ५८ बाट ६० वर्ष कायम गर्नुपर्ने निजामती अस्पताल,कर्मचारी सञ्चय कोष,सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषजस्ता कर्मचारी सरोकारवाला निकायमा आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व हुनुपर्ने माग समेत गरेको छ ।
संगठनले अस्थायी ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग गरेको छ । अतिरिक्त हुलाकलगायत सेवामा कार्यरत अस्थायी ज्यालादारी र करार सेवाका कर्मचारी नहटाउन समेत माग गरिएको छ ।
यस्ता छन् संगठनका माग