बजार अनुगमनमा ललितपुर जिल्ला प्रशासन आक्रामक, भाटभटेनी र सेलवेजलाई जरिवाना – Nepal Press

बजार अनुगमनमा ललितपुर जिल्ला प्रशासन आक्रामक, भाटभटेनी र सेलवेजलाई जरिवाना

बजार अनुगमन संयोजक सहायक सिडिओ अमर दीप सुनुवार भन्छन्- वार्षिक कार्य योजना बनाएर अनुगमन थालेका छौँ, जनताको जीवनसँग जोडिएको मापदण्ड पालनामा सम्झौता हुन्न

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले विभिन्न डिपार्टमेन्ट स्टोर, फार्मेसी तथा अन्य पसलहरूमा अनुगमन तीव्र बनाएको छ ।

गुणस्तरहीन सामान विक्री वितरण गरेको तथा होटल तथा रेष्टुरेन्ट र खाजाहरूले न्यूनतम सरसफाइलगायत मापदण्ड पालना गरे नगरेकोबारे अनुगमन थालेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारको संयोजकत्वमा प्रहरी र घरेलु तथा साना उद्योग कार्यालयलगायत सरोकारवालाहरूको सहभागितामा अनुगमन थालिएको हो ।

यो अनुगमन चाडबाड लक्षित नभएर वार्षिक क्यालेन्डर नै बनाएर थालिएको सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले बताए ।

अनुगमनका क्रममा मापदण्ड पालना नगर्नेहरूलाई १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिएको समेत उनले जानकारी दिए ।

आइतबारको अनुगमनमा भाटभटेनी सुपर मार्केटलाई खाद्यान्न सुरक्षामा मापदण्ड नपुगेको देखिएपछि जरिवाना गरिएको थियो । त्यस्तै सेलवेज डिमार्टमेन्ट स्टोरलाई जरिवाना गरिएको छ ।

कार्यालयले मेगामार्ट मान भवनलाई पनि एक लाख जरिवाना गरिएको छ । सोमवार थप चार वटा पसललाई जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा देखिएका समस्या समाधानका लागि निर्देशन समेत जारी गरिएको र मापदण्ड पालनामा कडाइ हुने सहायक सिडिओ अमर दीप सुनुवारले बताए ।

जनताको जीवनसँग जोडिएको विषय भएकाले यस्ता कमजोरी र लापरबाहीमा सम्झौता नहुने सुनुवारले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर